site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोमाका प्रशिक्षक माउरिन्हो बर्खास्त

काठमाडौं । इटालियन सिरी ‘ए’ को क्लब रोमाले मुख्य प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ । 

सन् २०२१ मा रोमाका मुख्य प्रशिक्षकमा नियुक्त भएका ६० वर्षीय माउरिन्होले रोमालाई युरोपा कन्फेरेन्सको कपको उपाधि दिलाएका थिए । यस्तै, माउरिन्होकै प्रशिक्षणमा रोमाले २०२३ को युरोपा लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो ।

Dabur Nepal
NIC Asia

तर, जारी सिजन स्वभाविक लयका लागि संघर्षरत रोमा सिरी ‘ए’ को नवौँ स्थानमा छ । रोमा च्याम्पियन्स लिगमा छानिने शीर्ष चारभन्दा पाँच अंकले पछि छ । गत हप्ता सहरिया प्रतिद्वन्दी लाजियोसँग पराजित भएपछि रोमा कोपा इटालियाबाट समेत बाहिरिएको थियो ।

क्लबका मालिक ड्यान र र्यान फ्रेडकिनले माउरिन्होलाई धन्यवाद व्यक्त गरेका छन् ।

“माउरिन्होले देखाएको लगाव र प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्न चाहन्छौँ । हामीबीच धेरै कुराहरूको स्मरण रहिरहने छ । तर, क्लबको भलाइका लागि टिमलाई तत्कालै परिवर्तन आवश्यक हुन्छ,” क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रियाल मड्रिड, चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनहमका पूर्वप्रशिक्षक समेत रहेका माउरिन्हो र रोमाबीच यसै सिजनको अन्त्यसम्मको सम्झौता थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro