site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निफमा ४० देशका ८८ चलचित्र देखाइने, मोफसलमा पनि महोत्सव विस्तार

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ४० देशका ८८ चलचित्र देखाइने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने निफको सातौँ संस्करणमा नेपालीसहित विभिन्न भाषाका ८८ वटा चलचित्र देखाइने भएको हो । ६० देशबाट प्राप्त ५०० भन्दा बढी चलचित्रबाट ८८ चलचित्र छनोट भएका हुन् । 

चैत १ देखि ५ गतेसम्म हुने महोत्सवमा चलचित्र सम्बन्धी विभिन्न विषयका छलफल समेत हुनेछ । फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । 

महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रियाका कार्यक्रम पनि आयोजना गरिनेछ । 

महोत्सवमा छनोट भएका चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् । 

मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो वर्षबाट एकै समयमा अन्य प्रदेशमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरेको जनाएको छ । प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका फिचर फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।  

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एउटालाई ‘चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफएफएस अवार्ड’ प्रदान गरिने निफले जनाएको छ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी चलचित्रलाई ५ सय राशिको वाग्मती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद, उत्कृष्ठ सर्ट फिल्म र वृत्तचित्रलाई ५० हजार नगद प्रदान गरिनेछ । 

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

निफले नेपाली चलचित्रको सन्दर्भमा दर्शकको रुचि, बानी र सुझावको तथ्यांक संकन गर्न देशभरबाट अनलाइन सर्भे पनि गर्नेछौं । अडियन्स च्वाइस अवार्डका लागि अनलाइन भोटिङ र सर्भे गरिने निफले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro