site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० खेलाडीमा सीमित गिनीसँग रोकियो क्यामरुन

काठमाडौं । पाँचपटकको च्याम्पियन क्यामरुन अफ्रिका कप अफ नेसन्स–२०२४ को आफ्नो पहिलो खेलमा गिनीसँग १–१ को बराबरीमा रोकिएको छ ।

सोमबार आइभोरी कोस्टको चार्ल्स कोनान बान्नी रंगशालामा खेलको १०औँ मिनेटमा मोहमेद बायोको गोलमा गिनीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा फ्रान्सिस्को कामानोले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि गिनी १० खेलाडीमा समेटिएको थियो ।
 
त्यसको फाइदा उठाउँदै ५१औँ मिनेटमा फ्रयांक माग्रीले क्यामरुनका निम्ति बराबरी गोल फर्काए । र, टिमको सम्भावित हार टारे ।

बराबरीसँगै एक अंक जोडेको क्यमरुन समूह ‘सी’को दोस्रो स्थानमा उक्लिएको छ । समान अंकसहित गिनी तेस्रो स्थानमा छ । यो समूहमा क्यामरुन र गिनीसँगै साविक विजेता सेनेगल र गाम्बिया छन् ।

सोमबार नै भएको अर्को खेलमा दुईपटकको च्याम्पियन अल्जेरियाले एन्गोलोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । स्टेट बाउकेमा भएको खेलमा अल्जेरिया १–० को अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको हो ।

बराबरीसँगै समूह ‘डी’मा एक अंक जोडेको अल्जेरिया शीर्ष स्थानमा उक्लिएको छ । समान अंकसहित एन्गोलो दोस्रो स्थानमा छ । यो समूहमा अल्जेरिया र एन्गोलोसँगै बुर्किना फासो र मौरिटानिया छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro