site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । 

कोसी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । 

अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ः१५ बजे सुरु हुनेछ । 

तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ बजे सुरु हुनेछ । 

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अंक जोडेको छ । त्रिभुवन आर्मी क्लब अंक तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौं, मधेस प्रदेस छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा छन् । दुईदुईवटा खेल खेलेका गण्डकी, वाग्मती र कोसी प्रदेश हालसम्म जितविहीन छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro