site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साना किसान विकास लुघुवित्तको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । आइतबार सम्पन्न संस्थाको २२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हो ।

कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख रुपैयाँ छ । साना किसानले देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी एक हजार ६३६ साझेदार संस्थामार्फत १० लाख २९ हजार ८७५ परिवारमा वित्तीय सेवा पुर्‍याएको कम्पनीले जनाएको छ ।

आबद्ध सहकारी संस्थाहरूले ६ करोड ५८ लाख ७६ हजार ५८५ रुपैयाँबराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro