site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीपलाइनमा सरर (तस्बिरहरू)

काठमाडौं । पछिल्लो समय देशभर साहसिक खेलका नयाँ–नयाँ गतिविधि बढिरहेका छन् । मानिसहरूको आकर्षण पनि बढ्दो छ । बढ्दो मागसँगै काठमाडौंको चोभारमा क्यानोपी जीपलाइन सञ्चालमा आएको छ ।

तीन चरण गरेर खेल्न पाइने क्यानोपी जीपलाइनको कुल लम्बाइ करिब ४०० मिटर छ । सबै चरणको क्यानोपी जीपलाइन खेल्न करिब १० मिनेट लाग्छ । पहिलो चरणलाई  ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ ।

जीपलाइन खेल्ने क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरि डाँडा, टौदहका साथै काठमाडौं तथा ललितपुरका सुन्दर पर्यटकीय ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । टेकअफ टावरहरूबाटै सुन्दर हिमशृंखला देख्न सकिन्छ ।

Jeepline1-1705288382.jpg
 

जीपलाइन खेल्न कति लाग्छ ?
चोभारको मञ्जुश्री पार्कमा हालै सञ्चालनमा आएको जीपलाइन खेल्न दैनिक ३०० देखि ३५० जनासम्म मानिसहरू आउँछन् । हरेक दिन बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुने गर्दछ ।

तीन चरणको जीपलाइन खेल्न र फोटो भिडियोसहितको प्याकेजको प्रतिव्यक्ति शुल्क १५ सय रुपैयाँ तोकिएको छ । जोडीहरूलाई भने दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।

विद्यार्थीहरुलाई १० प्रतिशत र कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयलाई २५ प्रतिशत छुटको व्यवस्था छ ।

Jeepline15-1705288391.jpg

Jeepline13-1705288389.jpg

Jeepline14-1705288390.jpg

Jeepline12-1705288389.jpg

Jeepline10-1705288388.jpg

Jeepline8-1705288387.jpg

Jeepline9-1705288387.jpg

Jeepline7-1705288386.jpg

Jeepline6-1705288385.jpg

Jeepline4-1705288384.jpg

Jeepline-1705288381.jpg

Jeepline3-1705288383.jpg

Jeepline2-1705288383.jpg

Jeepline0-1705288381.jpg

Jeepline5-1705288385.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro