site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिनिसियस जुनियरको ह्याट्रिकप्रेरित रियाललाई सुपर कपको उपाधि

काठमाडौं । युवा स्ट्राइकर भिनिसियस जुनियरको ह्याट्रिकप्रेरित रियाल मड्रिडले 'एल क्लासिको' मा बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

साउदी अरेबियास्थित किंग रंगशालामा रियालको जितमा भिनिसियसले ह्याट्रिक गर्दा रोड्रिगोले एक गोल थपे । बार्सिलोनाका रोबर्ट लेवान्डोवस्कीले गोल फर्काएका थिए ।

खेलको सुरुआती १० मिनेटभित्र नै भिनिसियसले दुई गरेपछि रियालले बार्सिलोनालाई खेलभर दबाबमा राखेको थियो ।

सातौँ मिनेटमा भिनिसियसले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । १०औँ मिनेटमा भिनिसियसले नै रियालको अग्रता दोब्बर पारे ।

३३औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनाको खेलमा फर्किने सम्भावना कायम राखेका थिए ।

तर, ३९औँ मिनेटमा भिनिसियसले ह्याट्रिक गरेपछि पहिलो हाफमै रियालले ३–१ को अग्रता बनाएको थियो ।

रियालका लागि अर्को गोल रोड्रिगोले खेलको ६४औँ मिनेटमा गरे ।

खेलको ७१औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि बार्सिलोनाका रक्षक रोनाल्ड अराउहोले मैदान छाडेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro