site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हत्या गरेर फरार भएका दुईजना १७ वर्षपछि पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् । 

कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरूलाई गैरीगाउँबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानोलाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए । पक्राउ परेका गोले र स्याङ्तानलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकिएको थियो ।

जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले खोजलतासका क्रममा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत मकवानपुर आइतबार नै उपस्थित गराएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro