site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरको नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ । कामपाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आइतबार बसेको बैठकमा उक्त रकमबराबरको संशोधन प्रस्ताव उपप्रमुख सुनिता डंगोलले पेस गरेकी हुन् ।

कामपाकोे १३औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ । चालु आवमा कामपाको सञ्चित कोषमा आय तथा खर्चका निम्ति २४ अर्ब चार करोड ५४ लाख एक हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमका निम्ति बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नुपरेको उपप्रमुख डंगोलको भनाइ छ । यसमध्ये यही पुस २६ गतेसम्ममा चार अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

सभामा चालु आवमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख डंगोलले भनिन्, “अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ । जसमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत र सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ ।”

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ । “कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.४७ प्रतिशत खर्च भएको छ,” उनले भनिन्, “विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रियामा भएर लेखांकन भई नसकेका कारण वित्तीय प्रगति कम देखिएको छ ।”

चालु आवमा वर्षमा राजस्व आम्दानीतर्फ १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ छ । यसमध्ये पुस २६ गतेसम्ममा चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६२४ रुपैयाँ संकलन भएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार ऐन, २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन, २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन, २०७९ को पहिलो संशोधन विधेयक पेस गरेका छन् । यी विधेयक र संशोधन बजेट तथा कार्यक्रमबारे माघ ३ गते बस्ने अधिवेशनको दोस्रो बैठकमा छलफल गरिनेछ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro