site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुन्डी कारोबारको आरोपमा दुईजना पक्राउ

काठमाडौं । अवैध हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ का ३९ वर्षीय भीमसेन गौतम र चितवनको राप्ती नगरपालिका–४ का ४२ वर्षीय राजु गौतम छन् ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनविपरीत हुन्डी कारोबार गरेको उनीहरूमाथि आरोप छ । भीमसेन काठमाडौंको कपनमा बस्दै आएका थिए । राजु काठमाडौंकै सुकेधारामा बस्दै आएका थिए ।

यही पुस २६ गते अपराह्न करिब ४ बजे महाबौद्धबाट ठूलो परिमाणको नेपाली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए ।

आवश्यक कारबाहीका निम्ति उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro