site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
समान तलबमान कायम गर्ने रिटलाई सर्वोच्चको अग्राधिकार 

काठमाडौं । समान तहमा समान तलबमान कायम गर्नुपर्ने भन्दै दायर रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । निजामती सेवाका ३३ राजपत्रांकित कर्मचारीका तर्फबाट सहायक न्यायाधिवक्ता भरत मैनालीले दायर गरेको रिटमा आइतबार सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले अग्राधिकार प्रदान गरेको हो ।

रिटमा समान तहमा असमान तलबमान कायम गर्दा नेपाल सरकारका राजपत्रांकित अधिकृतबीच विभेद भएकोे उल्लेख छ । समान तलबमान कायम गर्न माग गरिएको छ ।

Dabur Nepal
NIC Asia

रिटमा माग गरिएअनुसार नै न्यायाधीश शर्माको इजलासले अग्राधिकार प्रदान गरेको हो । “प्रस्तुत निवेदनको विषयवस्तु निजामती सेवाका समग्र राजपत्रांकित कर्मचारीहरूको समान तहको वेतनमान तथा मर्यादाक्रमसँग सम्बन्धित रही तत्काल निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिदिएको छ,” न्यायाधीश डा. शर्माको इजलासको आदेशमा उल्लेख छ ।

सर्वोच्चका उपरजिस्ट्रारहरू निराजन शर्मा र निराजन पाण्डे, सर्वोच्चकै इजलास अधिकृतहरू भेषराज कोइराला र ज्ञानेन्द्र दाहाल, गृह मन्त्रालयमा कार्यरत कानुन अधिकृत ऋषि पौडेल, महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरे, सर्वोच्चका शाखा अधिकृत वसन्त मैनाली, महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता बाबुराम भट्टराई, लेखा अधिकृत कृष्णप्रसाद पन्थ, सर्वोच्चका लेखा अधिकृत टामलाल अधिकारीसहित विभिन्न कार्यालयमा कार्यरत ३३ राजपत्रांकित कर्मचारीले रिट दायर गरेका हुन् । उनीहरूको वारेसका रूपमा महान्यायाधिवक्ता कार्यालयमा सहायक न्यायाधिवक्ता पदमा कार्यरत भरत मैनालीलाई तोकिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका पालामा अर्थ मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणि पौडेको नेतृत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनका आधारमा समान तलबमान कायम गर्ने निर्णय भएर कार्यान्वयनपछि राजपत्र अनंकित तहका कर्मचारीले सिंहदरबारभित्रै आन्दोलन गरेका थिए । त्यति बेला माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनले आपत्ति जनाएको थियो । त्यसपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निर्णय सच्याएको कमर्चारीहरू बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro