site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बलुचिस्तानमा बम विस्फोट, पाँच सैनिकसहित आठजनाको मृत्यु
तस्बिर : एपी ।

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।

घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँग लडिरहेको छ ।

आतंककारीले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए । त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“झडपका क्रममा सैनिकले वीरतापूर्वक लडेको र पाँच सैनिक अधिकारीले सहादत प्राप्त गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

झडपमा तीन लडाकु पनि मारिएको बताइएको छ ।

२४ करोडभन्दा बढी जनसंख्या र सुरक्षा, आर्थिक र राजनीतिक संकटसँग जुधिरहेको पाकिस्तानमा फेब्रुअरी ८ मा आमनिर्वाचनको मिति तय गरिएको छ ।

शनिबारको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । जातीय बलोच पृथकतावादीले वर्षौँदेखि इस्लामवादी र साम्प्रदायिक हिंसाले पनि प्रभावित यो क्षेत्रमा विद्रोह गरिरहेका छन् ।

बेइजिङबाट सहयोग प्राप्त अर्बौँ डलरको पूर्वाधार अभियान चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)का निम्ति बलुचिस्तान पनि एक प्रमुख क्षेत्र हो ।

बलोच पृथकतावादीले यसअघि पनि सीपीईसी परियोजनाहरूमा आक्रमणको दाबी गर्दै आएका थिए । हिंसाको सामना गर्न यो क्षेत्रमा हजारौँ पाकिस्तानी सुरक्षाकर्मी तैनाथ गरिएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro