site stats
बाह्रखरी :: Baahrakhari
खेल
घरेलु टिम आइभेरी कोस्टको विजयी सुरुआत

काठमाडौं । गिनी बिसाउविरुद्ध २–० को जित निकाल्दै घरेलु टिम आइभेरिक कोस्टले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेको छ ।

शनिबार राति ओलम्पिक स्टेडियम अफ एबिम्पेमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन सेका फोफाना र जेनि फिलिप्पे क्रास्सोले गोल गरे ।

खेलको चौथो मिनेटमा फोफानाले गरेको गोलबाट आइभेरी कोस्टले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको आइभेरी कोस्टले दोस्रो हाफमा पनि एक गोल थप्यो । ५८औँ मिनेटमा क्रास्सोले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै तीन अंक जोडेको आइभेरी कोस्ट समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको गिनी बिसाउ भने तालिकाको पुछारमा छ । यो समूहमा आइभेरि कोस्ट र गिनी बिसाउसँगै एक्वाटोरियल गिनी र नाइजेरिया छन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्