site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध नेपाली युवा टिमको सहज जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअघिको आधिकारिक अभ्यास खेलमा नेपाली युवा टिमले स्कटल्यान्डविरुद्ध डकवर्थ लुइस पद्धति (डीएलएस) पद्दतिअनुसार सात विकेटको जित निकालेको छ ।

दक्षिण अफ्रिकामा भएको खेलमा स्टकल्यान्डले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसपछि खेल पुनः सुचारु हुन नसक्दा नेपाल सात विकेटले विजयी घोषित भएको हो ।

नेपालका अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले दुई विकेट लिए । यस्तै, इब्रमहिम फैसलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाएर ११४ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका उजिर अहमदले ३१ र ह्यारी आर्मस्ट्रङले २३ रन बनाए ।

नेपालका गुल्सन झा र तिलकराज भण्डारीले समान तीन विकेट लिए ।

नेपालले अन्तिम अभ्यास खेलमा मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा यसअघिका दुई अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ र नामिबियालाई ६ रनले हराएको थियो । तर, ती दुवै खेल आईसीसीको आधिकारिक अभ्यास खेलअन्तर्गत भने थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro