site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु

बोगोटा । कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

मेडेलिन र क्विब्दो सहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्‍याएपछि यहाँको यातायात सेवा अवरुद्ध बनेको चोको क्षेको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले एएफपीलाई बताए ।

Dabur Nepal
NIC Asia

“कार्मेन डे अट्राटो नगरपालिकानजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिस आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,” अधिकारीले भने ।

उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएका बताएका छन् ।

कार्मेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टीभी काराकोललाई बताएअनुसार, पहिरोमा परी मानिस गम्भीर घाइते भएका छन् । अझै पनि केही मानिस पहिरोमा फसेका छन् ।

सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक तस्बिरमा हिलो र पहिरोका कारण कारहरू ध्वस्त भएको देखिएको छ ।

प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।

कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेका बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro