site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा बढ्यो प्रदूषण, वायु ‘अस्वस्थकर’ 
फाइल तस्बिर ।

काठमाडौं । प्रदूषण बढेसँगै काठमाडौंको वायु अस्वस्थकर बनेको छ । काठमाडौं उपत्यकाका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ । 

वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रमा शुक्रबार ललितपुरको भैँसेपाटी सबैभन्दा प्रदूषित देखिएको छ । साँझ ५ बजे रेकर्ड भएको तथ्यांकअनुसार भैँसेपाटीमा प्रदूषणको मात्रा १८१ एक्यूआई पुगेको छ । 

त्यस्तै, रत्नपार्कमा १६०, शंखपार्कमा १२८ एक्यूआई देखिएको छ । बिहीबार भने काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा १५० भन्दा माथि रहेको विभागको तथ्यांकमा उल्लेख छ । 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भने एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने संगठनले जनाएको छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने विज्ञहरू बताउँछन् ।

pollution-1705060954.JPG
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro