site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशी विनिमय सञ्चितिले १४ महिनाको वस्तु आयात गर्न पुग्ने 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्तसम्म कायम रहेको विदेशी विनिमय सञ्चितिले १४.१ महिनाको वस्तु आयात गर्ने पुग्ने देखिएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको हो । 

मंसिर मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति थियो । विदेशी विनिमाय सञ्चिति असार मसान्तको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्घि भई दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro