site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैठकमा मन्त्री पुगे, कोरम पुगेन
मन्त्री शरतसिंह भण्डारी ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १५ मिनेटका निम्ति स्थगित गरिएको छ । कोरम नपुग्दा बस्दै नबसी बैठक स्थगित गरिएको हो ।

दिउँसो १ बजे सिंहदरबारस्थित सो समितिकै सभाकक्षमा बस्ने गरी बैठक बोलाइएको थियो । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।

छलफलका निम्ति मन्त्री शरतसिंह भण्डारी सभाकक्षमा पुगिसकेका छन् । बैठक सुरु गर्न सांसदको गणपूरक संख्या नपुगेको हो ।

बैठक सञ्चालन गर्न कम्तीमा १३ सदस्य संख्या आवश्यक हुन्छ । तर, १० सांसद मात्र उपस्थित भएकाले बैठक १५ मिनेटका निम्ति स्थगित गरिएको समितिका सभापति अब्दुल खानले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro