site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘मड्रिड डर्बी’मा एट्लेटिकोलाई हराउँदै रियाल फाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘मड्रिड डर्बी’मा सहरिया प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडविरुद्ध ५–३ को जित निकाल्दै रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरेबियास्थित किङ सायद विश्वविद्यालय रंगशालामा रियालले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।

छैटौँ मिनेटमा मारियो हर्मोसोले गरेको गोलबाट एट्लेटिकोले अग्रता बनाएको थियो । २०औँ मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै रियाललाई खेलमा फर्काए । २९औँ मिनेटमा फर्लान्ड मेन्डीको गोलमा रियालले २–१ को अग्रता बनाएको थियो । ३७औँ मिनेटमा एन्टोनियो ग्रिजमनले गोल गर्दै एट्लेटिको मड्रिडलाई खेलमा फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

७८औँ मिनेटमा रियालका एन्टोनियो रुडिगरबाट आत्मघाती गोल उपहार पाएपछि एट्लेटिकोले पुनः ३–२ को अग्रता बनायो । तर, ८५औँ मिनेटमा ड्यानी कार्भाहालले गोल गर्दै रियाललाई फेरि खेलमा फर्काएका थिए ।

निर्धारित ९० मिनेट ३–३ को बराबरीमा सकिए खेल अतिरिक्त समयमा धकेलिएको थियो । अन्तिम चार मिनेट बाँकी रहँदा एट्लेटिकोका टेफान सेभिचबाट आत्मघाती गोल भएपछि रियालले ४–३ को अग्रता बनायो । इन्ज्युरी समयमा ब्राहिम डियाचले गोल गरेपछि रियालले ५–३ को जितसहित फाइनलमा स्थान निश्चित गरेको हो ।

Global Ime bank

अब रियालले फाइनलमा बार्सिलोना र ओसासुनाबीचको विजेतासँग खेल्नेछ । बार्सिलोनाले आज राति दोस्रो सेमिफाइनलमा ओसासुनाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement