site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इटहरीमा जलन अस्पताल सञ्चालन गर्न सम्झौता

विराटनगर । कोसी प्रदेशमा जलन अस्पताल सञ्चालन गर्न प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा जलन अस्पताल सञ्चालन गर्ने विषयमा कोसी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रस्टबीच बुधबार सम्झौता भएको छ । 

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रस्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Dabur Nepal
NIC Asia

ट्रस्टले इटहरी उपमहानगरपालिका–११, पकलीस्थित भवानीपुरमा अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो । त्यहाँ ट्रस्टले सात वर्षअघि खरिद गरेको दुई विघा १० कठ्ठा जग्गामा ५० शैया जलन र ५० सामान्य गरी जम्मा एक सय शैयाको अस्पताल सञ्चालन गर्न लागिएको हो । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको बजेटमा जलन अस्पताल निर्माण गर्न रकम विनियोजन गरेको छ । 

प्रदेश सरकारले ट्रस्टसँग सम्झौता गरेर तीन महिनाभित्र अस्पतालको काम सुरु गर्न एक करोड ५० लाख बजेट उपलब्ध गराउने सम्झौता गरेको छ । ४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट उपलब्ध गराउने प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । 

प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरेबापत कोसी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गरिने सम्झौता पत्रमा छ । 

मुख्यमन्त्री कार्कीले कोसी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रियामा सरकारले पहल लिएको बताएका छन् । तिहारमा उर्लाबारी र त्यसपछि विराटनगरमा आगलागीमा परी ११ जनाले ज्यान गुमाएका थिए । उनीहरूलाई कोसी प्रदेश सरकारको पहलमा थप उपचार गर्न काठमाडौंको कीर्तिपुर बर्न अस्पताल पठाइएको थियो । इटहरीमा बर्न अस्पताल सञ्चालन गर्न उपकरण र जनशक्ति व्यवस्थापन ट्रस्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro