site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरण अध्यक्ष खनालको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो । खनालले आज नै पदबाट राजीनामा दिएका थिए । 

खनाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । 

खनालको कार्यकालमा टेरामक्स र एमडीएमएस परियोजना आर्थिक अनियमितताको विवादमा परेका छन् । संसदीय समिति एवं छानबिन समितिले समेत टेरामक्स परियोजनामा अनियमितता भनेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro