काठमाडौं । गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा ल्याएको खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेको छ ।
फरक शैलीको गीतमा जम्दै गरेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरुप ‘जित तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ बोलको गीत ल्याएको बताए । विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाधिरहेका कारण खेलाडीको सम्मानमा गीत कोरेको निर्मलको भनाइ थियो ।
निर्मलको आफ्नै रचना, संगीत र स्वरमा रहेको गीतमा उनलाई र्यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन् । गीतको भिडियोमा निर्मलले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्य कैद गरेका छन् ।
निर्मलले यसअघि पागल, अचेल, जब घाम लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।