site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नियम स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन : सचिव सिंह
फाइल तस्बिर ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले संघीय निजामती ऐन नहुँदा कर्मचारी उत्साहित भएर काम गर्न नसकेको बताएका छन् । मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

“हामी पुरानै ऐनबाट चल्न बाध्य भएका छौँ । प्रदेश र स्थानीयमा मात्रै होइन, यहाँ संघीय निजामती कर्मचारीलाई हेरौँ न, त्यहाँ पनि स्पष्ट छैन,” उनले भने, “सात वर्ष भयो, निजामती सेवा ऐन आएको छैन । त्यो अवस्थामा कर्मचारीहरू धेरै उत्प्रेरित भएको देखिँदैन ।”

उनले निजामती कर्मचारी सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्ण रूपमा सफल हुन नसकेको बताए । निजामती सेवा ऐनमा दुई वर्षमा मात्र सरुवा गर्ने भन्ने नियम रहेको उनले उल्लेख गरे । तर, विभिन्न कारणले तोकिएको समयसीमाभन्दा चाँडै सरुवा हुने गरेको उनले बताए ।

नीति र कानुन स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro