site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१८ हजार पाकेट मार्ने पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पाकेटमारीमा संलग्न रहेको आरोपमा काठमाडौंको महाराजगन्जबाट दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय विष्णु थापा छन् । लामा काठमाडौंको पेप्सिकोलामा र थापा काठमाडौंकै टोखामा बस्दै आएका थिए ।

महाराजगन्ज चोकमा सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रुपैयाँ पाकेटमारी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कारबाहीका निम्ति उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro