site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आन्दोलनरत चिकित्सक र केएमसी अस्पतालबीच वार्ता जारी

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी र आन्दोलनरत आवसीय चिकित्सकबीच वार्ता जारी छ । अहिले अस्पतालमा दुई पक्षबीच वार्ता चलिरहेको बताइएको छ । डा. विशद दाहालको विषय चाँडै निष्कर्षमा पुर्‍याइने अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. दाहाललाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै एक महिनाका लागि निलम्बन गरेपछि केएमसीमा आन्दोलन चर्किएको थियो । 

Dabur Nepal
NIC Asia

डा. विशद अध्ययन र काममा फर्कन चाहने र केएमसीले निलम्बन फिर्ता नगर्ने अडानपछि पुस १२ गतेदेखि उनीसहित पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सक आन्दोलनमा थिए । 

यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार केएमसीलाई डा. विशदको निलम्बन फिर्ता लिन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार स्वास्थ्य सचिव सुरेश अधिकारीले केएमसी प्रशासनलाई फोनमार्फत तत्काल निलम्बन फुकुवा गर्न निर्देशन दिएका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro