site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्यका महत्त्वपूर्ण निकायका कार्यकारी पद रिक्त, कतै हस्तक्षेप कतै ढिलासुस्ती
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुस ११ गतेदेखि निमित्त निर्देशकको भरमा छ । यसअघिका निर्देशक डा. चन्द्रमणि भट्टराईको कार्यकाल पुस ७ गते सकिएसँगै केहीदिन अस्पताल अभिभावकविहीन बन्यो ।

पुस ११ गते स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. रवि मल्ललाई निमित्तको जिम्मेवारी दिए । डा. मल्ललाई नै कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई 'सांसद आरजु राणा देउवाको तहबाट दबाब' छ ।

६० वर्षे सेवा अवधि बिताइसकेका उनलाई निर्देशक स्वीकार्न अस्पतालभित्रकै नयाँ पुस्ताका कर्मचारी तयार छैनन् । व्यापक राजनीतिक हस्तक्षेपकाबीच ‘कामचलाउ निमित्त निर्देशक’ नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चिकित्सा शिक्षा आयोगका तीनवटा महत्त्वपूर्ण निर्देशनालय र एक बोर्डमा निर्देशक पद रिक्त भएको दुई महिना पूरा हुन लाग्यो । आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय, नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा निर्देशक पद रिक्त छ ।

यी चार निकायमा निर्देशकहरूको चारवर्षे कार्यकाल मंसिर ४ गतेदेखि सकिएसँगै चार जनाको कार्यभार एक्ला उपाध्यक्षको काँधमा थपिएको छ ।

Global Ime bank

निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले मंसिर ५ गतेदेखि छनोट प्रक्रिया अघि बढाए पनि दुई महिना बित्न लाग्दा टुंगिएको छैन । पन्ध्र दिनभित्र नाम बुझाउने गरी गठित सिफारिस समितिले मंसिर १६ मा १२ जनाको नाम सर्ट लिस्टेड गरेको थियो ।

आवेदक २० जनामध्ये छनोट भएका १२ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता मंसिर १८ गतेलाई राखियो । तर, अल्पसूचीमा नपरेका एक प्रतिस्पर्धीले छनोट प्रक्रिया निष्पक्ष नभएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै अन्तर्वार्ता र प्रस्तुतीकरण अर्को सूचना नआएसम्मका लागि स्थगित गर्‍यो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिलाई सममितिले छलफलका लागि बोलाएको थियो । समितिले छनोट प्रक्रियाबारे एक चरणको स्पष्टीकरण पनि दियो । तर, सो मुद्दाको किनारा अहिलेसम्म लाग्न सकेको छैन ।

अदालती प्रक्रियामा पुगे पनि समितिको असहयोग र ढिलासुस्तीका कारण नियुक्ति प्रक्रिया लम्बिएको शिक्षा मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

निर्देशक नियुक्तिमा ढिलाइ हुँदा चिकित्सा शिक्षा आयोगबाट हुने कामकाज प्रभावित भएका छन् ।

“यति लामो समय लाग्नु राम्रो होइन, यस्तो अवस्थामा उपाध्यक्षलाई धेरै भार पर्छ । आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका पूर्वनिर्देशक डा. दिलिप शर्मा भन्छन् ।

यता नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार पद पनि निमित्तकै भरमा छ । यसअघिका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीसहित चार सदस्यको चारवर्षे कार्यकाल पुस ७ गते सकिएको थियो । तर, डा. अधिकारीले आफ्नो कार्यकाल सकिएको कतैबाट औपचारिक जानकारी नआएको भन्दै पद छाडेका थिएनन् ।

स्वास्थ्य मन्त्रालयबाट कार्यकाल सकिएको पत्र पठाएसँगै डा. अधिकारीले पुस २० गते पद छोडे । स्वास्थ्यमन्त्री बस्नेतले पुस २२ गते निमित्त रजिस्ट्रारमा काउन्सिलकै निर्वाचित सदस्य डा. विश्वराज दवाडीलाई नियुक्त गरेका छन् ।

तर, रजिस्ट्रार नियुक्तिका लागि मन्त्रालयले दुई साता बितिसक्दा पनि प्रक्रिया अघि बढाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिस्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय