site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
परिसंघको सुझाव : अर्थतन्त्र सुधारका लागि पाँचवटा कानुन खारेज गर्नुपर्छ

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र सुधारका लागि पाँचवटा कानुन खारेज गर्न सरकारलाई सुझाव दिएको छ  ।

सोमबार पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरूको कानुनको अनुसन्धनात्मक अन्वेषणबाट पाँच वटा कानुन खारेज गर्नुपर्ने औंल्याएको हो ।

नेपालमा लगानीको वातावरण बनाउन, मुलुकको अर्थतन्त्र सुधार गर्न विभिन्न कानुन समयसापेक्ष बनाउनका लागि संशोधन गर्न र आवश्यक कानुनलाई थप्न सरकारलाई आग्रह गरेको हो । परिसंघले २८ वटालाई संशोधन गर्न र तीन वटा कानुन थप्न सरकारलाई सुझाव दिएको छ । 

जसमा मुख्यतया औद्योगिक व्यवसाय ऐन, २०७६, औद्योगिक व्यवसाय नियमावली, २०७८, आयकर ऐन, २०५८, कम्पनी ऐन, २०६३, भूमिसम्बन्धी ऐन, २०२१, वन ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन छन् । 

त्यस्तै, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७, विशेष आर्थिक क्षेत्र ऐन, २०७५ लगायत छन् । 

मुलुकको विद्यमान कानुनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा मिल्ने विश्वास परिसंघले लिएको छ । कानुनका विज्ञ, उद्योगी व्यवसायी तथा सरोकारवाला निकायसँगको छलफल, विषय विज्ञको राय सुझाव, छिमेकी मुलुक र नेपालको आर्थिक भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरूको कानुनहरूको अनुसन्धानात्मक अध्ययनबाट कानुन सुधारका बुँदाहरू तयार पारेको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । 

अध्यक्ष अग्रवालले खारेज गर्नुपर्ने, संशोधन गर्नुपर्ने र थप्नु पर्ने ऐन कानुनका विषयमा प्रधानमन्त्रीलाई दिइसकेको बताए । साथै मन्त्री, सांसद र नेताहरूलाई परिसंघले तयार परेको किताव दिने बताए । तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सोही गतिमा लगानीको वातावरण निर्माण तथा औद्योगिकीकरण हुन जरुरी रहेको परिसंघले औल्याएको छ । 

लगानी आकर्षित गर्दै औद्योगिक विकासका लागि अनुकूल कानुनी व्यवस्थाको महत्त्वपूर्ण भूमिका रहने परिसंघले दाबी गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro