देश

काठमाडौं । उदयपुरमा पाँच वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बेलका नगरपालिका–२, झण्डीपुरका २१ वर्षीय दिपन मगरलाई आइतबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
गएको बुधबार दिउँसो उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्