site stats
बाह्रखरी :: Baahrakhari
खेल
रोमाञ्चक जितसहित बार्सिलोना अन्तिम–१६ मा 

काठमाडौं । बार्बास्ट्रोविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना कोपा डेल रेको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति क्याटालन ‘जायन्ट’लाई जित दिलाउन फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । बार्बास्ट्रोका एडी मेसा र मार्क प्राटले गोल फर्काए ।

खेलको १८औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा राफिन्हाले बार्सिलोनाको अग्रता दोब्बर पारे । ६०औँ मिनेटमा मेसाले गोल गर्दै बार्बास्ट्रोलाई २–१ को अवस्थामा फर्काएका थिए ।

८८औँ मिनेटमा लेवान्डोवस्कीले पेनाल्टी सदुपयोग गर्दै बार्सिलोनाको अग्रतालाई ३–१ मा पुर्‍याए । इन्ज्युरी समयमा बार्बास्ट्रोका प्राटले गोल फर्काउँदै खेल रोमाञ्चक बनाए पनि टिमको हार टार्न सकेनन् ।

Global Ime bank

कोपा डेल रेअन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा रियाल सोसिडाडले मालागालाई १–० र टेनेरिफेले लास पाल्मेसलाई २–० ले हराए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu