site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर बैठकबाट बाहिरिएपछि दुवै पक्षका नेताहरू आन्तरिक छलफमा

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटलाई लिएर नेपाली कांग्रेसमा विवाद देखिएको छ ।

उमेदवार चयनका लागि आइतबार साँझ सानेपामा बसेको बैठकबाट असन्तुष्टि जनाएर शेखर कोइराला बाहिरिएपछि नेताहरू छलफलमा जुटेका छन् । अहिले दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शेखर निकट महानमन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, अर्जुननरसिंह केसीसहितका नेताहरू पार्टी कार्यालयमै छलफलमा जुटेका छन् ।

सभापति शेरबहादर देउवा निकट नेताहरूले पनि छलफल गरिरहेका छन् ।

शेखर समूहले पार्टीले गठबन्धनबाट पाएका १० सिटमध्ये चार सिट आफूहरूले पाउनुपुर्ने अडान लिएको छ । तर, देउवाले तीन सिट मात्र दिन सकिने रटान नछाडेपछि शेखर बाहिरिएका थिए ।

 

 

विवाद भएपछि शेखर कोइराला बैठक छाडेर निस्किएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्