site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिस्सी तामाङ अपहरण प्रकरणमा सुन तस्करी जोडिएको आशंका

काठमाडौं । काठमाडौंको चाबेलबाट अपहरित रसुवाका हिस्सी तामाङ प्रकरणमा सुन तस्करीको विषय जोडिएको आशंका गरिएको छ । तामाङलाई अपहरण गरेको आरोपमा काठमाडौं प्रहरीको विशेष टोलीले यही पुस १४ गते सिन्धुपाल्चोकका ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सौगात तामाङ र ३८ वर्षीय वीरे तामाङलाई पक्राउ गरेको थियो ।

उनीहरूले रसुवाको एक हाइड्रोपावर कम्पनीमा काम गर्ने तामाङलाई गएको मंसिर १० गते दिउँसो करिब ३ बजे चाबेलबाट जबरजस्ती ट्याक्सीमा राखेर गागलफेदीको होटेलमा पुर्‍याई बन्धक बनाएर राखेका थिए ।

प्रहरीका अनुसार, उनीहरूले मंसिर १० गते राति तामाङलाई होटेलमै बन्धक बनाएर राखेका थिए । मंसिर ११ गते १३ लाख ५० हजार रुपैयाँ फिरौती बुझाएपछि उनी अपहरणमुक्त भए ।

सो घटनामा ‘संलग्न’ अझै दुईजना फरार छन् । फरारमध्ये एकजना रसुवाकै दावा तामाङ रहेको प्रहरी स्रोतको भनाइ छ । उनकै योजनामा हिस्सी अपहरणमा परेको खुलेको छ । अपहरण गरेर १३ लाख ५० हजार रुपैयाँ लिएको पक्राउ परेकाहरूले स्वीकार गरेका प्रहरीले जनाएको छ ।

सो रकममध्ये पाँच लाख दावालाई बुझाएर बाँकी दुई/दुई लाख आफूहरूले लिएको बयान उनीहरूले प्रहरीसमक्ष दिएका छन् ।

घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, अपहरणको कारण अवैध सुन कारोबार रहेको देखिएको छ । ती प्रहरी अधिकारीले बाह्रखरीसित भने, “हाल फरार रहेका दावा समूह रसुवाबाट हुने अवैध सुन तस्करी प्रकरणमा जोडिएको जस्तो देखिन्छ । त्यही विषयमा हाल अपहरणमा परेका हिस्सी तामाङसँग केही आर्थिक कारोबारमा कुरा नमिलेपछि अपहरण गर्न लगाएको देखिन्छ ।”

अवैध कारोबार गर्ने मानिसलाई अपहरण गर्दा घटना प्रहरीसम्म नपुग्ने अनुमान हाल प्रहरी हिरासतमा रहेका ती चारजनाले गरेको अनुसन्धानका क्रममा खुलेको छ । हाल फरार रहेका दावाले नै बोलाएर अपहरण गरेको खुलेको पनि प्रहरीले जनाएको छ ।

अवैध कारोबारकै कारण तामाङ अपहरणमा परेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । यद्यपि, तामाङले आफूले कुनै अवैध कारोबार नगरेको प्रहरीसँगको बयानमा बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro