site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी रक्षामन्त्रीले अस्पताल भर्ना भएको जानकारी गोप्य राखे

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफू अस्पतालमा भर्ना भएको विषय गोप्य राखेको पाइएको छ । ७० वर्षीय रक्षामन्त्री अस्टिनलाई शल्यक्रियापछिको जटिलताका कारण गएको सोमबार वाल्टर रीड मेडिकल सेन्टरमा भर्ना गरिएको बताइएको छ ।

बीबीसीका अनुसार, यस विषयमा बिहीबारसम्म ह्वाइट हाउसलाई समेत जानकारी दिइएको थिएन । रक्षामन्त्री अस्टिनले यस विषयमा राष्ट्रपति जो बाइडेनलाई समेत ढिला जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबारेमा जानकारी नगराएको अस्टिनले समेत स्वीकार गरेका छन् ।

अमेरिकी सेनाको ‘चेन अफ कमान्ड’मा रक्षामन्त्री राष्ट्रपतिपछिको दर्जामा रहन्छन् । रक्षामन्त्री अस्टिनले बिरामी भएका बेला के कति जिम्मेवारी पूरा गरे र उपरक्षामन्त्री क्याथलीन हिक्सले कति काम गरिन् भन्ने विषय खुलाइएको छैन ।

करिब १४ लाख सक्रिय सैनिकको जिम्मेवारी रहेका रक्षामन्त्रीले रुस–युक्रेन र इजरायल–गाजा युद्धका बेला असाधारण किसिमले ‘प्रोटोकल’ उल्लंघन गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

राष्ट्रपति बाइडेन र रक्षामन्त्रीबीच शनिबार ‘राम्रोसँग’ कुराकानी भएको बताइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro