site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारबाट निस्केर धुम्बाराही लागे कांग्रेस नेताहरू, सारियो कार्यसम्पादन समिति बैठक 
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति बैठक सारेर आन्तरिक छलफलमा जुटेका छन् । 

गठबन्धनको बैठक सकाएर नेताहरू सभापति शेरबहादुर देउवा धुम्बाराहीमा बैठक बसिरहेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार चयनको विषयमा बैठक बोलाइएको हो । बैठक शनिबारका लागि बोलाइएको थियो । तर, शनिबार पनि सारेर बैठक आइतबारका लागि बोलाइएको हो । आइतबार १ बजे बस्ने भनिएको बैठक सारेर नेताहरूले ४ बजे पुराएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल सभापति देउवा निवासमा इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का लगायत बैठक बसिरहेका छन् । 

“अहिले नेताहरू अनौपचारिक बैठकमा हुनुहुन्छ । त्यसैले बैठक सरेर दिउँसो ४ बजे पुगेको हो,” प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । 

गठबन्धनमा कांग्रेसले १० सिट गठबन्धनबाट पाएको छ । उक्त १० सिटमा देउवाले कम्तीमा ६ सिट आफूसँग राख्ने नेताहरूसँग बताइसकेका छन् । इतर समूहको माग ४ सिटको रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्