site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वाधीनतामा आँच पुग्ने गरी सरकारले सम्झौता गर्‍यो : ईश्वर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत् खरिद सम्झौता गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा सरकारले गरेको विद्युत् खरिद सम्झौतामा नेपालको स्वाधीनतामाथि आँच आउने खालको प्रावधान रहेको उनको भनाइ छ ।

शनिबार च्यासलमा आयोजित एक कार्यक्रममा उनले भारतीय विदेशमन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग परामर्श नगरेको भन्दै आपत्ति जनाए । सत्ता गठबन्धनले मुलुकको स्वाधीनता र स्वतन्त्रताको मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै उनले त्यसलाई चिर्न राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्ता गठबन्धनले सामाजिक सद्भावमाथि आँच पुर्‍याउने काम गरिरहेको भन्दै त्यसलाई जोगाउन सबैलाई एमालेमा गोलबन्द हुन आग्रह गरे ।

“सामाजिक सद्भावको जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ । सामाजिक सद्भाव खल्बलियो भने हाम्रो राष्ट्रिय एकता पनि कमजोर हुन पुग्छ,” उनले भने, “हाम्रो स्वाधीनतामाथि आँच पुग्न सक्छ भन्ने मान्यता एमालेले राखेको हो । अहिले त्यसैमाथि आँच पुर्‍याउने कोसिस गरिँदै छ ।”

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका महत्त्वपूर्ण विकास आयोजनालाई वर्तमान सरकारले अघि बढ्न नदिएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro