site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृतकका परिवारलाई १० लाख, छानबिन समिति गठन

काठमाडौं । सरकारले सर्लाहीको बरहथवा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति पनि बनाएको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहने गरी समिति गठन गरिएको हो । घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई सात दिनको समय दिइएको गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्याको अस्पतालका विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

“नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,” भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनाबारे दुःख व्यक्त गर्दै मन्त्रालयले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

विज्ञप्ति पढ्नोस्–

bigyapti-1704540466.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro