site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले देश हितविपरीत काम गर्‍यो : नेता खनाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले नेपालजस्तो स्वतन्त्र मुलुकले अरू देशको दूतावासबाट सोझै रकम ल्याउने गरी परियोजना बनाउने विषय राष्ट्रहितविपरीत भएको जिकिर गरे । छिमेकी देशले दिने अनुदान आफूहरू सहस्र स्वीकार्न तयार रहेको तर दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशका निम्ति नराम्रो भएको उनले उल्लेख गरे ।

सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर कुनै पनि सरकार अघि बढ्न जरुरी रहेकामा जोड दिए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro