site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुकुम पश्चिममा १० हजार अस्थायी आवास निर्माण
फाइल तस्बिर ।

रुकुम पश्चिम । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् ।

अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन् । दुई महिनाको अवधिमा जिल्लाभर १० हजार ४२३ अस्थायी आवास निर्माण सम्पन्न भएको छ । सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए ।

उनका अनुसार जिल्लाभर सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा छन् । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन् ।

यस्तै, आठबीसकोट नगरपालिकामा तीन हजार १४, चौरजहारी नगरपालिकामा दुई हजार २८९, त्रिवेणी गाउँपालिकामा ९३८ र बाँफीकोट गाउँपालिकामा ११७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिए ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजार रुपैयाँका दरले ५९ करोड दुई लाख रकम पठाइएको छ । स्थानीय विपद् कोषबाट २१ हजार ११५ लाभग्राहीले २५ हजारका दरले ५२ करोड ८१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

हालसम्म जिल्लाभर २७ हजार ६८२ लाभग्राहीको प्रहरीले लगत संकलन गरेको छ । संकलनको काम अझै जारी रहेकाले लाभग्राहीको संख्या साढे ३० हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro