site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीनका अधिकारीको भ्रमणबारे भारतीय विदेशमन्त्रीले एक शब्द उच्चारण गर्नुभएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणबारे आफूसित कुनै कुरा नगरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उनले भारतीय विदेशमन्त्रीले सो विषयमा कुनै चासो नराखेको बताएका हुन् ।

बिहीबार एकैदिन जयशंकर र चीनको युनान प्रान्तबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का डेपुटी सेक्रेटरी सी युगाङको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएका छन् । जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन काठमाडौं आएका हुन् । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ । चिनियाँ अधिकारीको भ्रमणबारे औपचारिक जानकारी गराइएको छैन ।

Dabur Nepal
NIC Asia

जयशंकरले आफूसित ‘वान टु वान’ वार्तामा समेत चिनियाँ अधिकारीको भ्रमणबारे कुनै प्रश्न नगरेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

“भारतीय विदेशमन्त्रीले चीनको प्रतिनिधिमण्डल आउनेबारे मसँग कुरा गरे भने सत्य हैन । एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन,” उनले भने, “मसँग अनौपचारिक वान टु वान कुरा हुँदा पनि यो विषयमा प्रश्न, चासो उहाँले राखेको हैन । प्रस्ट हुन अनुरोध गर्छु, यो गलत चर्चा हो ।”

बैठकमा त्यसअघि नेकपा (एमाले)का सांसद रघुजी पन्तले चीनका अधिकारी नेपाल आएको विषयमा भारतीय विदेशमन्त्रीले असन्तुष्टि पोखेको जिकिर गरेका थिए ।

“चीनको पदाधिकारी आएकोमा असन्तुष्टि उहाँ (एस जयशंकर)ले पोख्नुभयो । कूटनैतिक दृष्टिकोणले ठिक भएन,” उनले भने, “नेपाल सार्वभौम भएकाले आउन पाउँछन् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro