site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चीन र भारतसँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने बजार पर्यटन मात्र : पुन
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटक आइरहेको उल्लेख गरे । भारतबाट वार्षिक पाँच करोड र चीनबाट १० करोड पर्यटक बाहिरिने गरेको उनको भनाइ छ । ती पर्यटकलाई नेपालले तान्न सक्नुपर्नेमा उनले जोड दिए ।

“...भारतीय पर्यटक बाहिर केका लागि जान्छन् ? उनीहरू विवाहका लागि यूएई जाँदा रहेछन् । हामीले अहिले हेर्दा विवाहका सिजनमा बोर्डरका होटेल प्याक हुन्छन्, यो सम्भावना देखिन्छ,” उनले भने, “बोर्डरका क्षेत्रमा क्यासिनो वा मिनिक्यासिनो असाध्यै चल्छ । यूपी र बिहारमा मदिरा निषेध गरेको छ । यतातिर यसलाई नियन्त्रित रूपले चलाउन सकिन्छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement