site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला बराबरी गर्न भारतलाई ७९ रनको लक्ष्य 

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा पाहुना टिम भारतले जितका लागि ७९ रनको लक्ष्य पाएको छ । 

केप टाउनस्थित न्युल्यान्ड्समा जारी टेस्टको दोस्रो दिन दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले ६२–३ बाट ब्याटिङ सुरु गरेको थियो । तर, दोस्रो दिनको पहिलो सेसनमा दक्षिण अफ्रिकाले थप ११४ रन जोड्दा बाँकी सात विकेट गुमाएको हो । 

दोस्रो इनिङमा दक्षिण अफ्रिकाका ओपनर आइदेन मार्करमले १०६ रन बनाए । यसबाहेक, कप्तान डिन एल्गरले १२ रन थप्दा डेविड बेडिङ्घम र मार्को जान्सेनले समान ११ रन जोडे । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 

घरेलु टिमलाई सस्तैमा रोक्न भारतका जसप्रित बुमराहले ६ विकेट लिए । मुकेश कुमारले दुई विकेट लिँदा मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान एक विकेट लिए । 

यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिका ५५ रनमै समेटिएको थियो । भारतले भने पहिलो इनिङमा १५३ रन बनाएको थियो । टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टिमले भारतविरुद्ध एक इनिङ र ३२ रनको सहज जित निकालेको थियो । 

भारत अहिले तीन खेलको ट्वान्टी–२०, तीन खेलको एकदिवसीय र दुई खेलको टेस्ट क्रिकेट शृंखलाका लागि हाल दक्षिण अफ्रिका भ्रमणमा छ । ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा समाप्त भए पनि भारतले एकदिवसीय शृंखला भने २–१ ले जितेको थियो । 

जारी टेस्ट शृंखलामा भने भारत १–० ले पछि छ । शृंखला बराबरीका लागि भारतलाई दोस्रो टेस्ट जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro