site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिग लिडर रियालको कठिन जित  
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर रियाल मड्रिडले मायोर्काविरुद्ध १–० को कठिन जित निकालेको छ । 

बुधबार राति घरेलु मैदान स्टाडियो सान्टियागो बर्नबेउमा ७२ हजार ३९४ समर्थकमाझ रियाललाई जित दिलाउन एन्टोनियो रुडिगरले गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि रुडिगरले खेलको ७८औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियालले १९ खेलबाट ४८ अंक जोडेको छ । समान अंक भए पनि जिरुना गोल अन्तरआधारमा रियालभन्दा पछाडि छ । बार्सिलोना ३८ अंकसहित तालिकाको चौथो स्थानमा छ । साविक विजेता समेत रहेको बार्सिलोनाले रियालले भन्दा एक खेल कम खेलेको छ ।

बुधबार राति नै भएको खेलमा जिरुनाले एट्लेटिको मड्रिडविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्यो । तालिकाको तेस्रो स्थानमा आसीन एट्लेटिकोले १९ खेलबाट ३८ अंक जोडेको छ । 

यस्तै, सेल्टा भिगोले रियाल बेटिसविरुद्ध २–१ र ग्रानाडाले कार्डिजविरुद्ध २–० को जित निकाले ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro