site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वार्षिकोत्सवको अवसरमा सुबिसुले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ती

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा भूकम्प पीडितलाई सहयोग गरेको छ ।

कम्पनीले गत १७ कार्तिकमा गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट प्रभावित २०० परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण गरेको हो ।

भूकम्पपछि पीडितले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्ने गरी सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  

वितरण गरिएका सोलार बत्तीले रातको समयमा विद्यार्थीलाई अध्ययन गर्न उज्यालो दिने र मोबाइल फोन एवं अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदसहित सुबिसुको आठ सदस्यीय टोलीले जाजरकोट पुगेको सोलार बत्ती वितरण गरेको हो ।

जाजरकोटको नलगाडस्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro