site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डसँग ओलीको आग्रह– एमालेलाई राष्ट्रियसभामा शून्य नबनाइदिनुहोस् 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग एमाले अध्यक्ष ओलीले राष्ट्रियसभामा आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीलाई जिरो नगर्नुस् भन्ने कुरा ओलीबाट आएको थाहा पायौँ । हामीले सबै दलको बीचमा सल्लाह गरेर खास कङ्क्रिट कुरा बुझेर अघि बढौँ भनेका छौँ,” गठबन्धन दलको बैठकपछि उनले भने । 

यसमा गठबन्धन दल सहमत भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमालेबाट स्पष्ट कुरा आइनसकेको बताए ।

Global Ime bank

“हामी त्यसको टुंगोमा पुगेका छैनौँ । भन्न खोजेको के हो, माग के हो, क्लियर कुरा आओस् । अनि के गर्ने भन्ने निर्णय हुन्छ,” उनले थपे । 

उपाध्यक्ष पाण्डेका अनुसार कांग्रेस–माओवादी बैठकमा एमालेबाट प्रस्ताव आए के गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

“कांग्रेस–माओवादीको बैठकमा ओलजीले यस्तो प्रस्ताव लिएर आएर के गर्ने भन्ने विषयमा छलफल भएको हो,” उनले भने । 

गठबन्धनको अर्को बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement