site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने ढालबहादुर पक्राउ

काठमाडौं । प्रहरीले रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–२ का ५० वर्षीय ढालबहादुर बुढाथोकी छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाथोकीसहितको समूहले १४ जनाबाट रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीहरूले वैदेशिक रोजगारीका लागि रोमानिया पठाएर फुड प्याकिङमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको पाइएको छ ।

पक्राउ गरिएको बुढाथोकीलाई तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro