site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीएनआई र एमच्यामबीच अमेरिकी लगानी अभिवृद्धि गराउन सहकार्य गर्ने समझदारी 

काठमान्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरूबीच सम्पर्कबिन्दुको रूपमा काम गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्यहरू पूरा गर्न नीतिगत सुधारहरूको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्ने छन् ।

बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच वृद्धि गर्दै आईटी क्षेत्रहरूका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने समझदारीपत्रमा उल्लेख छ ।

मंगलबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिकरूपमा जोड्न पुलको रूपमा काम गर्ने बताए । सहकार्यले ज्ञान सीपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरू खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्प्रर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागी योगदान गर्न मद्दत गर्ने उनले बताए ।

एमच्यामका अध्यक्ष श्रेष्ठले उद्योगीहरुको साझा संस्था परिसंघसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रूपमा काम गर्ने बताए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, पदाधिकारी सदस्य सन्दीप सारडा, अमेरिकन चेम्बर अफ कमर्सका पदाधिकारीहरू सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro