site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘गेटा’ विश्वविद्यालयकै रूपमा अघि बढ्छ, सांसद भन्छन्– माकुराको जालो सफा गर्न करोड खर्च हुने रहेछ 

काठमाडौं । धनगढीमा अवस्थित गेटा मेडिकल कलेज सञ्चालनमा नआएको र करोडौँका भवन उपयोगहिन भएको भन्दै सांसदले चिन्ता व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाअन्तर्गत रहेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबार बसेको बैठकमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले करिब सात अर्ब लगानी गरेर भौतिक संरचना बनाउने काम भएको जानकारी दिए । 

उनले विश्वविद्यलाय विधेयक संसद्‌मा भएकाले कुन रूपमा गेटालाई अघि बढाउने भन्ने दुविधा भएपनि हाल सरकारको निर्णयमा गेटा अस्पताल सञ्चालन भइरहेको जानकारी दिए । बैठकमा बोल्दै सांसद कार्कीले किन अस्पताल वा मेडिकल कलेज चल्न नसकेको भन्दै प्रश्न गरिन् । 

चिकित्सा शिक्षा ऐन आएको पाँच वर्ष बितिसक्दा समेत ऐनको मर्म बमोजिम र सहमति बमोजिम किन मेडिकल कलेज बनेर सञ्चालन भएन भन्दै प्रश्न गरिन् । 

“कहिले प्रतिष्ठान बनाउँछु भन्ने, कहिले विश्वविद्यालय बनाउँछु भन्ने, कहिले मेडिकल कलेज चलाउन दरबन्दी भएन भन्ने ? किन यस्तो भइरहेको छ ? स्पष्ट जवाफ चाहिन्छ,” उनले भनिन् । 

सात अर्बको लगानी गर्न सकिने ठाउँमा तीन सय शैयाको अस्पताल चलाउने गरी दरबन्दी दिन किन कञ्जुस्याइँ  भयो भन्ने प्रश्न गर्दै उनले भवनमा माकुरोको जालो लागिसक्यो किन चलेन भन्दै प्रश्न थपिन् । 

यस्तै, सांसद विद्या भट्टराईले यो विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालबीच समन्वयको अभाव भएको बताइन् । 

सांसद दिपा शर्माले घाम तापेर डाक्टरले समय बिताउनुपर्ने दुखद अवस्था किन आयो भन्दै प्रश्न गरिन् । उनले भवन बनाउन जति करोड खर्च भएको छ ‘माकुरोको जालो सफा गर्न पनि करोडौँ लाग्ने रहेछ’ भन्दै प्रतिक्रिया  दिइन् । 

गेटालाई विश्वविद्यालय बनाउने भन्दै राष्ट्रियसभामा विधेयक दर्ता भएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भन्दै राष्ट्रियसभाबाट सुझावसहित विधेयक प्रतिनिधिसभामा आउने तयारीमा छ । 

सांसद बद्री पाण्डेले विश्वविद्यालय बनाउन सरकार अघि बढी सकेको अवस्थामा मेडिकल विश्वविद्यालयको मोडालिटी बनाउन आवश्यक भएको बताए । 

“कपी पेस्ट गरेर ऐन बनाएर मेडिकल विश्वविद्यालय चल्ने हो ?,” उनले भने । बैठकमा सहभागी शिक्षामन्त्री अशोक राईले विश्वविद्यालयसम्बन्धी विधेयक सदनको हिउँदे अधिवेशनमा प्रतिनिधिसभामा छलफल हुने बताए । मन्त्री राईले गेटाको विषयमा शिक्षा र स्वास्थ्य मन्त्रालयबीच कुनै तानातान नभएको जानकारी दिए । 

प्रतिष्ठान बनाउने कि विश्वविद्यालय बनाउने भन्ने सम्बन्धमा स्थानीय तहमा पनि विवाद भएको भन्दै बजेट र नीति कार्यक्रममा विषय बाझिनु सुखद पक्ष नभएको बैठकले उनले बताए । गेटामा बनेको भवनको सदुपयोग हुन नसकेको भन्दै उनले स्वास्थ्य मन्त्रालयले सय वेडको अस्पताल चलाउन चाहे अवरोध नगर्ने पनि उल्लेख गरे । 

“विश्वविद्यालयको जुन ऐन आएको छ यो निरन्तर संक्रमण रह्यो । न अस्पताल पूर्णरूपमा सञ्चालित हुनसक्यो, प्रतिष्ठान पनि पूर्णरूपमा सञ्चालन हुन सकेन,” उनले भने, “यो संक्रमणको अवस्थामा आएर अहिले विश्वविद्यालय बन्ने प्रक्रियामा रहेको छ ।” 

मन्त्री राईले गेटालाई प्रतिष्ठानको रूपमा नभई स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा अघि बढ्ने र सबैलाई स्पष्ट हुन पनि आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro