site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महाजात्रा’को पोस्टरमा हरिवंशसँगै विपीन र दुई रवीन्द्र
SkywellSkywell

काठमाडौं । चलचित्र ‘महाजात्रा’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता हरिवंश आचार्यसँगै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा छन् । विपीन र दुई रवीन्द्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा कतै लगिरहेको पोस्टरमा देखिन्छ । 

पोस्टरले हरिवंश बन्दी बनाएको संकेत गरेको छ ।  पोस्टरमार्फत सिनेमाको कथासार झल्काउने प्रयास गरेको कार्यकारी निर्माता समेत रहेका कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।  

KFC Island Ad
NIC Asia

आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश, विपीन र दुई रवीन्द्रसँगै प्रकाश घिमिरे, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय छ । 

चलचित्रको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । चैत ९ गते प्रदर्शन हुने ‘महाजात्रा’ ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro