काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न ठाउँबाट १६ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका–९, गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सोमबार राति उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–१७ ,कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत आठजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ६२ हजार ९०० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।