site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाश सपूतको नयाँ गीतको सन्देश– मायामा पीडा भोगेकी महिलालाई पनि विभेद 
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु कटक्कै’ बोल उनले सोमबार सार्वजनिक गरेका हुन् । 

गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । 

गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । तर मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एक छिन भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ । समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ । 

गीतको भिडियो निर्देशन पनि प्रकाश स्वयंको छ । प्रकाश सपूतसँगै कुशुम शर्मालागतका कलाकार छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro