site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
स्रष्टा समाजको साधारण सभा सम्पन्न, कवि विनोदीलाई सम्मान
SkywellSkywell

काठमाडौं । नेपाल स्रष्टा समाजको १७औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले महासचिव देविका तिमिल्सिना तथा कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गरेको प्रतिवेदनहरू पारित गरेको छ ।

समाजले १७औँ स्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम गरिरहेको छ । चौथो दिन सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सल्लाहकारहरू समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकार, पूर्वअध्यक्षहरू चन्द्रप्रसाद भट्टराई, पवन आलोक, विधान आचार्यलगायतले आफ्नो धारणा राखे ।

सभामा रमा शर्मा, रवीन्द्र आशिष, रीता पहारी, देवकी तिमिल्सिनाले पनि बोले ।

Dabur Nepal
NIC Asia

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ कवि गोविन्दराज विनोदीलाई समर्पण गरे । सम्मानका साथ नगद राशि २१ हजार १११ रुपैयाँसमेत प्रदान गरियो । यस सम्मानका संस्थापक विधान आचार्य हुन् । 

प्रमुख अतिथि डा. सुवेदीले स्रष्टा समाजले महत्त्वपूर्ण काम गरेकोमा प्रशंसा गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले संस्थाले गरेका कार्यक्रमहरूका बारेमा जानकारी दिँदै आगामी वर्षदेखि एउटा सम्मान थपिएको बताए ।

उनले भने, “आगामी वर्षदेखि संस्थाका संरक्षक पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कँडेलका नाममा ‘रेखा–पवन स्रष्टा सम्मान’ समर्पण गरिने छ । सो सम्मानका साथ एक लाख रुपैयाँ नगद प्रदान गरिने छ ।” 

साहित्यकार रोदनले आलोक दम्पतिका छोराछोरीहरूले उक्त सम्मानको स्थापना गरेको बताए ।

कार्यक्रममा विधान आचार्य, ज्ञानु अधिकारी, पवन आलोक, राजेश न्यौपाने, देविका तिमिल्सिनालगायतले बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu